
काठमाडौं, २७ असार । आज बस्ने तय भएको समाजवादी मोर्चाको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो । बैठक स्थगित भएसँगै अर्को बैठक अनिश्चित बनेको छ ।
आजको बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल तथा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, एकीकृत समाजवादीका नेता प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्कबहादुर विश्वकर्मा सहितको कार्यदलले तयार पारेको प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने कार्ययोजना रहेको थियो ।















प्रतिक्रिया