
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्वाञ्जली दिन शीर्ष नेताहरू नर्भिक अस्पताल पुगेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू नर्भिक अस्पताल पुगेका हुन् ।
उपराष्ट्रपति रामशहायप्रसाद यादव पनि नर्भिक पुगेका छन्। सीताको बुधबार बिहान ८:३३ मा उपचारका क्रममा निधन भएको हो ।















प्रतिक्रिया