५ कार्तिक २०८३, बिहिबार

सरकार परिवर्तन गर्ने चाहना एमालेलाई छैन: केपी शर्मा ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको स्पष्ट पारेका छन् ।

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई मंगलबार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले दलहरूको गठजोड गरेर सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको भन्दै एमालेको ध्यान मिशन ८४ मा रहेको बताएका हुन् ।

ओलीले आगामी निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने तयारीमा एमाले रहेको जिकिर गरे । उनले चौतर्फी घेराबन्दी र आक्रमणलाई पराजित गरेर एमाले अहिलेको अवस्थामा आइपुगेको टिप्पणी गरे ।

ओलीले बैंशाख २४ गते पेस गर्नुपर्ने मिटरब्याज कानून सम्बन्धी अध्यादेश अन्तिम दिनमा पेस गरेर सरकारले सामन्तको पक्षमा काम गरेको तर्क गरे । मिटरव्याज सम्बन्धी कानूनलाई अघि नबढाउने र त्यसको दोष प्रतिपक्षीलाई लगाउने काम सरकारका तर्फबाट भएको उनको भनाई छ ।

संसद चलाउन एमालेले पहल गर्दा पनि आफूलाई सदनमा बोल्न नदिएको भनेर प्रधानमन्त्रीले झुट बालेको पनि ओलीले बताए । अध्यक्ष ओलीले एमाले अनुचित, अनैतिक क्रियाकलापमा विश्वास नगर्ने र त्यस बाटोमा नहिँड्ने जिकिर गरे ।

कुनै व्यक्तिले कुनै त्रुटी गरे त्यो व्यक्तिगत हुने र पार्टीको नीति नहुने उनले स्पष्ट पारे । ओलीले एमाले सरकारमा हुँदा गरेका राम्रा कामहरूको प्रचार गर्न नेता तथा कार्यकताहरूलाई निर्देशन दिए ।