५ कार्तिक २०८३, बिहिबार

मनाङ एयरको हेलिकप्टर दुर्घटना: मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइँदै

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । मंगलबार बिहान सोलुखुम्बु लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका ६ नै जनाको शव काठमाडौं ल्याइँदैछ ।

शव ल्याउनका लागि दुई वटा हेलिकप्टर पठाइएको छ । दुर्घटनामा नेपाली पाइलट सीबी गुरूङसहित ६ जनाको मृत्यु भएको हो । पाँचजना रसियन नागरिक हुन् ।

रसियन नागरिकहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्।

उनीहरू सोमबार लुम्ला पुगेर काठमाडौं फर्कँदै थिए ।