
काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिकास्थित लाम्जुरामा दुर्घटना भएको छ ।
हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको दुर्घटनास्थलमा उद्दारका लागि पुगेका प्रहरीले जानकारी दिएका छन्। हालसम्म तीनजनाको शव फेला परेको छ ।
हेलिकप्टरमा नेपाली पाइटल सीबी गुरूङसहित ६ जना यात्रु सवार थिए ।
अन्य पाँचजना रसियन नागरिक सवार थिए ।















प्रतिक्रिया