
सुनसरी, २५ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी ल्याउँदा लागेको खर्च सार्वजनिक गरेका छन् ।
उनले विभिन्न दाताहरुबाट नगदी र जिन्सी गरेर ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हिसाब सार्वजनिक गरेका हुन् ।
उनको पहल र सक्रियतामा ४२ किलोमटिर लामो पाइपलाइनमार्फत कोकाह खोलाबाट पानी धरान ल्याइएको हो ।
सार्वजनिक गरिएको हिसाब अनुसार ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँमध्ये विभिन्न दाताहरुबाट ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैयाँ नगद र १ करोड २० लाख ३८ हजार ७ सय ४ रुपैयाँ बराबरको (पाइप) प्राप्त भएको उनले जानकारी दिएका छन् ।
निर्वाचनका बेला धरानवासीलाई पानी पिलाउने बाचा गरेका उनले कोकाहा खोलाको पानी ल्याउन सफल भएका हुन्।
गत वैशाखमा भएको निर्वाचनमा उनी मेयरमा निर्वाचति भएका थिए। उनले एक वर्षमा धरानवासीलाई पानी दिलाउन सफल भएका हुन्।















प्रतिक्रिया