५ कार्तिक २०८३, बिहिबार

प्रचण्ड, ओली र देउवाबीचको छलफल सकियो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताबीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको हो ।

तत्कालका लागि संसद चल्न दिन सकारात्मक छलफल भएको बताइएको छ ।

आज प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्दैछ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद अवरोध गरिरहेका छन्।