
काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज पनि छलफल हुँदैछ ।
संसदको अवरोध खुलाउन शीर्ष तीनजना नेताहरू आज पनि छलफलमा बस्न लागेका हुन् ।
शीर्ष तीन नेताबीच आइतबार पनि छलफल भएको थियो । तर, सुरूमा सहमति जुटेपनि पछि एमालेले सहमति नमान्ने बताएपछि संसदको अवरोध हट्न सकेको छैन ।
आजको छलफलबाट दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको अवरोध हटाउने बताइएको छ ।
प्रधानमन्त्रीको अधिव्यक्तिको विरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नसक्ने अडान राख्दै आएको छ ।















प्रतिक्रिया