५ कार्तिक २०८३, बिहिबार

स्रोत सुनिश्चित नहुँदै आयोजना सुरू गर्दा अरबौँको दायित्व थपियो: अर्थमन्त्री महत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरू गर्दा अरबौँको दायित्व थपिएको बताएका छन् ।

नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरू गर्दा अरवौंको दायित्व थपिएको बताएका हुन् ।

स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरूको व्यापक दुरूपयोग हुने गरेको भन्दै उनले आफू मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको बताए ।

उनले यसअघिका दिनमा सुरू गरिएका आयोजनाहरूलाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठूलो चाप देखिएको धारणा राखे । अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी बर्षको बजेटमा देखिएको जिकिर गरे ।

उनले पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताए ।

महतले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको बताए ।