
काठमाडौं, २४ असार । आज बस्ने तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संसद सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो । यसअघि आज बस्ने भनिएको बैठक दुई घण्टा सारेर ३ बजेका लागि तोकिएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्तिबारे जवाफ दिर्ने कार्यसूची थियो ।
आइतबार बिहान सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताबीच संसदको अवरोध हटाउने र प्रधानमन्त्रीले संसदमा जवाफ दिने निर्णय गरेको थियो ।
प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै एमालेले प्रतिनिधिसभा बैठक अवरूद्व गर्दै आएको थियो ।















प्रतिक्रिया