५ कार्तिक २०८३, बिहिबार

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइनेमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्व सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

थापाको नियुक्ति असंवैधानिक र गैरकानूनी भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले रिट दायर गरेका थिए । कार्कीले सभामुख सरकार गठनमा संलग्न हुनु संविधानको धारा १६८ (२) विपरीत रहेको दाबी गरेका छन् ।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ,मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।