
काठमाडौं, २४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई रकम दिएको भन्ने अडिओमा रहेको आवाज यही प्रकरणमा थुनामा रहेका सन्देश शर्मासँग मिलेको प्रहरीले जानकारी दिएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
छानबिनपछि प्रहरीले उक्त आवाज सन्देश शर्मासँग मिलेको बताएको हो । हाल कारागारमा रहेका दाङका शर्माले अडिओमा राणालाई पैसा बुझाएको भनेका थिए ।
सन्देश शर्माको आवाज भएको भएपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्नेमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया