५ कार्तिक २०८३, बिहिबार

न्यायालयले स्वयं न्यायालय किन्ने र न्यायधिश बन्ने प्रक्रिया अन्त्य हुनुपर्छ: घनश्याम भुषाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले न्यायाधिश बन्ने प्रक्रियामा विचौलियातन्त्र हावी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

समाजवादी पेशागत कानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यवसायीहरूको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायधिश बन्ने प्रक्रियामा विचौलियातन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरू खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

भुसालले न्यायाधिश बन्ने प्रक्रियामा हावी भएको विचौलियातन्त्र दलाल पुँजीवादको एउटा स्वरुप भएको तर्क गरे । उनले देश अहिलेजस्तै राजनीतिक अस्थीरतातर्फ ढल्किँदै जाने हो भने सुशासन र स्वतन्त्र न्यायालयको कुरा असम्भव हुने धारणा राखे ।

भुषालले संसद विघटन गर्ने यसअघिको केपी ओलीको निर्णयले लोकतान्त्रीक स्थीरताका साथ विकास गर्ने जनताको आशामा तुषारापात हुन जाने भएकाले नै तत्कालीन नेकपामा विवाद भएको बताए । त्यस क्रममा नेपालको भविष्यमाथिको गम्भीर बिषयलाई रक्षा गर्नका लागि आफूहरूले आवश्यक भूमिका खेलेको उनको भनाई छ ।

भुसालले दलाल पुँजीवादका कारण मुलुकमा बिभिन्न समस्या देखिरहेको र यसप्रति नयाँ भन्ने दलहरुले पनि कुनै चासो नदेखाएकाले उनीहरुको हविगत पनि पुरानैको जस्तो हुने अवस्था आउने जिकिर गरे ।

कस्तो कानूनी व्यवस्थाले मुलुकमा सुशासन कायम गर्न सकिन्छ भन्नेमा कानून व्यवसायीहरुले सोच्ने बेला आएको उनको भनाइ छ ।