
काठमाडौं, २० असार । माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न आकाश एसएमएस प्रा.लि र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य भएको छ ।
नतिजा प्रकाशनको अन्तिम चरणमा रहेकोमा नतिजा सार्वजनिक गर्न आकाश एसएमएस प्रा.लि र राष्ट्रिय परीक्षा बोर्डबिच सहकार्य हुने भएको हो ।
आकाश टेक प्रा.लिका ब्यापार व्यवस्थापक देवराज न्यौपानेका अनुसार एसइईका विद्यार्थीलाई सहज रुपमा नतिजा उपलब्ध गराउनका लागि परीक्षा बोर्डसँग सहकार्य गरिएको हो ।
आकाश एसएमएसले परीक्षा बोर्डको सहकार्यमा बिगत ७ बर्षदेखि कक्षा १०, ११ र १२ को नतिजा सार्वजनिक गर्दै आइरहेको छ।
नतिजा कसरी हेर्ने ?
१. पहिले आफ्नो म्यासेज बक्समा जाने
२. नयाँ म्यासेजमा जाने
३ SEE लेखेर एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेख्ने
र ३१००३ मा एसएमएस पठाउने।















प्रतिक्रिया