
काठमाडौं, २० असार । प्रतिनिधिसभाको बैठक आगामी शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
बुधबारको बैठक एमालेसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएकोमा अब अर्को बैठक शुक्रबार ३ बजे मात्रै बस्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो ।
















प्रतिक्रिया