
काठमाडौं, २० असार । नेकपा (एमाले) ले संसद् चल्न नदिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको विरोध गर्दै एमालेले संसद अवरोध गर्ने निर्णय गरेको हो ।
आज बसेको संसदीय समितिको बैठकले संसद अवरूद्व गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्ने सबै आधार गुमाएको सचेतक महेश बर्तौलाले बताए ।















प्रतिक्रिया