
काठमाडौं, २० असार । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक डाकेको छ ।
काँग्रेसले झण्डै एक वर्षपछि केन्द्रीय समितिको बैठक डोकेको हो । गत वर्ष साउनमा बैठक बसेपछि बस्न सकेको थिएन ।
बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकले असार २७ गतेदेखि बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकमा सभापति देउवासँगै उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए ।
काँग्रेभित्र लामो समयदेखि केन्द्रीय समिति बैठक बोलाउने पर्नु माग उठेको थियो । केन्द्रीय सदस्य मधु आचार्यले बैठक बोलाउन केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्रसमेत दर्ता गरेका थिए।















प्रतिक्रिया