५ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिले भारतमा उपचार गर्दा लागेको खर्च तिरेनन्, खर्च निकासा गर्न अर्थ मन्त्रालयलाई परराष्ट्रको ताकेता

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । भारतमा उपचार गर्दा लागेको खर्च राष्ट्रपति रामचन्द्र पौडेलले नतिरेपछि खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयलाई पत्र पठाएको छ ।

राष्ट्रपति पौडेललाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगेर दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार गरिएको थियो।

देशको ढुकुटीबाट राष्ट्रपतिको उपचार गरिएको भन्दै विरोध भएपछि राष्ट्रपति पौडेलको सचिवालयले राष्ट्रपतिले नै उपचार खर्च ब्यहोर्ने बताएको थियो । तर बाचाअनुसार खर्च नतिरेपछि परराष्ट्रले अर्थमन्त्रालयलाई खर्च निकासा गर्न ताकेता गरेको हो ।

परराष्ट्रका अनुसार राष्ट्रपति पौडेलको उपचारका लागि भएको कूल खर्चमध्येको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँको विल पेस गरिएको छ ।