
काठमाडौं, १९ असार । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपका लागि बाटो खुला गर्ने निर्णय गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको म्याद थप गर्न सहमति दिएको हो ।
कानून तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा पुस मसान्तसम्म म्याद थप्नका लागि बाधा अड्काउ फुकुवाको आदेश जारी गर्ने निर्णय भएको संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै सरकारले निजामति सेवाको राजपत्रांकित विशिष्ठ श्रेणीको रिक्त पदमा घनश्याम उपाध्याय लाई बढुवा गरेको छ ।















प्रतिक्रिया