५ कार्तिक २०८३, बिहिबार

नयाँ आर्थिक वर्षबाट अर्थतन्त्र चलायमान हुन्छ: अर्थमन्त्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको तर समस्यामुक्त भइनसकेपनि आगामी आर्थिक वर्षबाट अर्थतन्त्र चलायमान हुने संकेत देखापरेको बताएका हुन् ।

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई भनेको र समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन गरिसकेको महतले बताए । उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामुहिक प्रयास र प्रतिबद्धता आवश्यक रहेको धारणा राखे ।

मन्त्रीले महतले राजस्व उठ्ने विषयमा समस्याहरू देखिएपनि केही प्रगति भएको बताए । उनले क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भएको भन्दै पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायतलाई दिईने खर्चबाट पछाडि फर्किन नसक्ने स्पष्ट पारे ।

उनले मुलुकको आवश्यकताका आधारमा विदेशी अनुदान लिने बिषयमा मन्त्रालय स्पष्ट रहेको र विदेशी सहयोग सहयोग प्राप्त हुन्छ भन्दैमा जुनसुकै सर्तमा लिन नहुने धारणा राखे ।