५ कार्तिक २०८३, बिहिबार

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीनजनाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई हुँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीनजनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाई हुँदैछ ।

रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ ।

शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

केही दिनअघि पक्राउ परेका पूर्व प्रमुख निर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र भाटभटेनीका मालिक मीनबहादुर गुरुङले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

यो प्रकरणको हदम्याद नागिसकेकाले आफूहरूमाथि मुद्दा चल्न नसक्ने उनीहरूको दाबी छ ।