
काठमाडौं, १७ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ नगरिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि बढाउन केही ढिलाई भएपनि मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्राईँ नगरिएको बताएका हुन् ।
समयमा नै विधेयक संसदमा प्रस्तुत हुनुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै गुरूङले नेपाल सरकारका तर्फबाटै माफी मागे । उनले कानूनमार्फत मिटरब्याजी प्रकरणमा दोषी जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पारे ।
उनले आर्थिक लेनदेनको कारोबारलाई स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानूनी व्यवस्थाको प्रस्ताव गरिएको र यसका कारण वास्तविक ऋण लिनेहरु नठगिने र नक्कली पीडित हुने समस्या पनि नहुने दावी गरे ।
बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।















प्रतिक्रिया