
काठमाडौं, १७ असार । नेकपा(एमाले) का प्रमुख सचेतक पदम गिरीले सरकारले संसद्लाई गुमराहमा राख्ने गरी विधेयक पास गर्न खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकको छलफलमा भाग लिदै गिरीले मिटरब्याज पीडितलाई न्याय दिनका लािग नभएर झुक्याउनका लािग संसद्लाई गुमराहमा राख्ने गरी विधेयक पास गर्न खोजिएको आरोप उनले लगाएका हुन् ।
गिरीले सदनको अधिवेशनको सुरूमै पेश भएको अध्यादेश असार ११ गते राष्ट्रियसभाबाट हतार हतार पारित गरिएको भन्दै अहिले प्रतिनिधिसभाको छलफलका क्रममा कुनै डकुमेन्ट पनि प्राप्त हुन नसकेको जिकिर गरे ।
उनले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेकाले पीडितहरुलाई न्याय हुने गरी कानून बन्नुपर्ने धारणा राखे ।















प्रतिक्रिया