१ कार्तिक २०८३, शनिबार

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली भारत र कुवेत भिड्ने भएका छन् ।

हिजो शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।

भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

यसअघि शनिबार नै भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा प्रवेश गरेको थियो ।

अब उपाधिका लागि भारत र कुवेतबीच प्रतिस्पर्दा हुनेछ । फाइनल खेल मंगलबार राति ७ः४५ बजे बैंगलोरस्थित श्री कान्तेराव स्टेडियममा हुनेछ ।