१ कार्तिक २०८३, शनिबार

सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल असार २३ गतेदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार २३ गतेदेखि काठमाडौंमा सुरू हुने भएको छ ।

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता असार २३ देखि ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन् । जसअनुसार पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब, केशवलाल स्मृती – प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरी ८ क्लबको सहभागिता रहनेछ ।

त्यस्तै महिलातर्फ नेपाल प्रहरी, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टीमहरूको सहभागिता रहने छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टीमहरूले क्रमश: ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले लिग आगामी बर्षदेखि बार्षिक कार्यक्रम अन्तर्गत नै चल्ने बताए । उनले उपत्यका बाहिरबाट आउन लागेका टीमहरूलाई एक लाख उपलव्ध गराउने जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा पुरूष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५–३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५–१५ हजार प्राप्त गर्ने संघले जनाएको छ । प्रतियोगीताको अनुमानित खर्च करिब ७५ लाख रहेको संघले जनाएको छ ।