५ कार्तिक २०८३, बिहिबार

पशुपतिमा भेट्टिएन आधा किलो सुन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा आधा किलो सुन गायब भएको पाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनको तौल लिएकामा आधा किलो कम पाइएको हो । अख्तिारले आइतबार अपरान्हदेखि सुनको तौल लिन थालेकामा सोमबार बिहान २ बजे सकाएको थियो ।

जलहरीमा प्रयोग भएको भन्दा आधा केजी सुन कम पाइएको हो। जलहरीको रिङ र बेल्टमा १०.४३२५ मा प्रयोग भएको पाइएको छ भने किला र काँटीमा १.०३७५ केजी सुन प्रयोग भएको स्रोतले जानकारी दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो। तर, जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै विवाद भएपछि अख्तियारले पुन: सुन निकालेर तौल लिएको हो ।

अख्तियारको टोलीका साथै खानी तथा भूगर्भ, पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघ र सुरक्षा निकायका प्रतिनिधिहरुसम्मिलित टोलीले जलहरीको सुनको तौल लिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा सुनको तौल लिइएको थियो ।