२९ आश्विन २०८३, बिहिबार

वानएक्स बेटको प्रचारको आरोपमा थप एक जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार ।  वानएक्स बेटको प्रचार गरेको आरोपमा प्रहरीले थप एक जना युट्युबरलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित युट्युबर राजकुमार तामाङलाई पक्राउ गरिएको हो ।

काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो।

उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ। यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि वान एक्स बेट खेलाउन उक्साउने र युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप  छ।