५ कार्तिक २०८३, बिहिबार

झापा आन्दोलनकै कारण अन्य आन्दोलनहरू सम्भव भए : केपी ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् ।

आइतबार काठमाडौंमा केशवप्रसाद वडालद्वारा लिखित पुस्तक सिंहावलोकन लोकार्पण गर्दै अध्यक्ष ओलीले झापा आन्दोलनको मर्म र उद्देश्य सही भएकैले अन्य आन्दोलन सम्भव भएको दाबी गरेका हुन् ।

सामन्तीविरुद्ध तमसुक च्यात्ने झापा आन्दोलनको मर्म वर्गीय विभेदविरुद्ध भएकैले २०४६ सालमा तानाशाही राजतन्त्रविरुद्धको आन्दोलन पनि सम्भव भएको ओलीको तर्क थियो ।

ओलीले गणतन्त्र प्राप्तिका लागि २०६२ सालमा भएको आन्दोलन पनि झापा आन्दोलनकै श्रृंखलाका रुपमा रहेका उनले उल्लेख गरे । अध्यक्ष ओलीले देशभित्र भएका आन्दोलनमा छिमेकीको नियतीले पनि प्रभाव पारेकाले आन्दोलन कमजोर भएको स्विकार्नु पर्ने बताए ।

२००७ सालको क्रान्ति होस् या अन्य क्रान्तिमा उठाइएका हतियार कहाँबाट ल्याइए ? भन्ने प्रश्नले पनि नेपालको आन्दोलन कहीँ न कहीँबाट प्रभावित थियो भन्ने पुष्टि गर्ने ओलीको भनाई छ ।

त्यस्तै अध्यक्ष ओलीले विदेशी शक्तिको आडमा पार्टी फुटाउनेहरुको हबिगत पनि देखिन थालेको भन्दै चोइटिएर जानेहरूको अस्तित्व नै समाप्त हुन लागेको टिप्पणी गरे ।

आन्दोलनभित्र कहिलेकाहीँ रोग लाग्ने भन्दै अध्यक्ष ओलीले रोग लाग्दैमा आन्दोलन नमर्ने जिकिर गरे । आन्दोलनमा रोग लागेका बेला कतिपयले आफूहरूलाई कम्युनिष्ट नभनेको पनि बताए ।