
काठमाडौं, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिको जलहरीको सुन जोख्न थालेको छ।
अपरान्ह पशुपतिनाथ पुगेको टोलीले मन्दिर खाली गराएर जलहरी जोख्न लागेको हो । मन्दिर परिसारबाट सबैलाई हटाएर चारैवटा ढोका बन्द गरिएको छ ।
अख्यिारले जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि छानबिन गरिरहेको छ ।
अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँच गरिरहेको हो ।
















प्रतिक्रिया