
काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ।
आज आयोजित नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।
जसअन्तर्गत पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार अनुमान गरिएको छ ।
महानगरपालिकाले विपद व्यवस्थापन डिआरआर सव- सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट-हरियालीरपार्क निर्माणमा जोड दिएको छ।
यस्तै, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय लगायतका योजना पनि अगाडि सारिएको छ ।















प्रतिक्रिया