
काठमाडौं, १० असार । जलहरी छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ पुगेपछि पुशपतिनाथ खाली गराइएको छ ।
मन्दिर परिसारबाट सबैलाई हटाएर चारैवटा ढोका बन्द गरिएको छ । अख्यिारले जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि छानबिन गरिरहेको छ ।
अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँचिने भएको हो ।
अख्तियारको टोलीले जलहरीको तौल लिनेछ । पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ ।















प्रतिक्रिया