५ कार्तिक २०८३, बिहिबार

भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व मेयरसहित १२ जनाविरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

पूर्वमेयर सुरेन्द्र बहादुर विष्टसहित १२ जनाविरूद्व मुद्दा दर्ता गरिएको हो । मुद्दा दायर हुनेमा पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७ का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखाअधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्द राज उपाध्याय रहेका छन् ।

यस्तै, यस्तै भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधिहरू दिवाकर भट्ट, इश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टविरूद्ध पनि मुद्दा दायर भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोत (नदीजन्य) बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्र सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा कन्स्ट्रक्सनलाई नियमविपरीत छुट दिएको भन्ने उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार भएको ठहर भएको बताएको छ ।

तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले ठेक्का कबोल भएको भन्दा कम रकम दाखिला हुने गरी कीर्ते काम गरेको आयोगको ठहर छ ।

मेयर विष्ट र प्रशासकीय अधिकृत भट्टले ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अख्तियारको ठहर छ। प्रशासकीय अधिकृत हरिदत्त जोशीले भने ठेक्का सम्झौता गर्दा मूल्य आय कर २ करोड ११ लाख ६५ हजार ६०८ बराबरको रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेका हुन्।

उनीहरूसँग दोब्बर जरिवाना र कैद सजायको मागदाबी अख्तियारले गरेको छ।