
काठमाडौं, १० असार । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार महिनाभित्रै आउने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यही असार १८ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको हो । विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अंक पुनर्जाँचको काम भइरहेको बोर्डले जानकारी दिएको छ ।
यो पटक नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको छ ।
गतवर्ष कोरोना महामारीको कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा निकालेको थियो ।















प्रतिक्रिया