
काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई सहुलियत मूल्यमा औषधी उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालनमा ल्याउने भएको छ ।
आइतबार बजेट सार्वजनिक गर्दै महानगरले सुलभ फार्मेसी सञ्चालनका लागि ६ करोड विनियोजन गरेको हो । यस्तै, महानगरपालिकाले सामुदायिक विद्यालयका प्राधानाध्यापको भत्ता पनि बढाएको छ ।
महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबभत्ता मासिक रूपमा भुक्तानी गर्न ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको जानकारी दिइएको छ ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्रतर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरिएको छ ।















प्रतिक्रिया