
काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ को अवार्डका लागि छनोट भएकी छिन् ।
गौतम विश्वभरका कम उमेरका युवा मन्त्री, सांसद, मेयरको छनोनमा परेकी हुन् । छनोटमा १५ जना परेका छन् । जसमध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गरिनेछ ।
२७ वर्षीया गौतम नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसदको रूपमा छनोट भएकी हुन् । अवार्डका लागि १८ देखि ३५ वर्षका नेताहरू छनोट भएका छन् ।
विजेताहरुको घोषणा जुलाइमा युवा विश्व शिखर सम्मेलन वेलफास्ट २०२३ बाट हुनेछ।















प्रतिक्रिया