
काठमाडौं, १० असार । सवारी दुर्घटनामा मृत्यु भएका स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीका परिवारले चालकविरूद्व प्रहरीमा उजुरी दिएका छन् ।
गिरीका परिवारले चालक सुरज नेपालीविरूद्व प्रहरीमा उजुरी दिएका हुन् । गिरीको दुर्घटना नभई हत्या भएको परिवारको दाबी छ ।
गत असार २ गते पुतलीबजारबाट स्याङ्जा बजार आउँदै गरेको बा१५च १७०९ नम्बरको सवारी दुर्घटना हुँदा पूर्वमेयर गिरीको मृत्यु भएको थियो ।















प्रतिक्रिया