
काठमाडौं, ८ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेले आजदेखि अनसन फिर्ता लिएका छन् ।
आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिएको विरोधमा उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।
सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अनसन फिर्ता लिएका हुन्।
जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । त्यसको विरुद्धमा उनी आमरण अनसन बस्दै आएका थिए । मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए ।
२०७७ असोज २० गते नेविसंघका त्रिवि जिल्ला अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायतको समूहले उनीमाथि आक्रमण गरेको थियो ।













प्रतिक्रिया