
काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष धान बालीका लागि चाहिने रासायनिक मलको अभाव हुन नदिने दाबी गरेका छन् ।
संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएकाले यो पटक मलको अभाव नहुने दाबी गरेका हुन । उनले ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको समेत जानकारी गराए ।
प्रधानमन्त्री दाहालले यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने बताउदै ‘विगतको जस्तो मल अभाव हुने अवस्था नभएको जानकारी दिएका छन् ।













प्रतिक्रिया