
काठमाडौं, ७ असार । एनएमबि बैंकसगँको साझेदारी मार्फत चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ ।
वालेट वी च्याट पे एनएमबि बैंकसँग जोडिए सँगै नेपाली बजारमा वी च्याट पे सेवाको औपचारिक सुरुवात भएको हो । लेट वी च्याट पे को उद्घाटन कार्यक्रममा नेपालका लागि चीनका राजदुत चेन सोङले वी च्याट पे क्युआर कोड मार्फत स्थानीय व्यवसायीलाई कारोवार गर्न सहजता पुग्ने वी च्याट पे को सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा प्रष्ट पारेका थिए । उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याट मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकीङ्ग प्रणाली मार्फत सम्बन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने बताए । उनले यसले डिजिटल बैंकीङ्ग कारोवारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।
यो साझेदारीले वी च्याट पे मार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो वी च्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन् ।
वी च्याट पे सेवाको औपचारिक घोषणा कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका सञ्चालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत नेपाली र चीनिया अधिकारीहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया