शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सिटिजन्स बैंकद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण

दैनिक नेपाल २०८० जेठ २६ गते १३:५४

काठमाडौं, २६ जेठ । सिटिजन्स बैंकद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण गरेको छ ।

बैंकको बागमती प्रदेशअन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटको देवीघाटस्थित जल्पादेवी मन्दिरलाई क्यूआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको हो ।

शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डङ्गोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीहरूलगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूको उपस्थितिमा सो क्यूआर कोडसहितको बाकस प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

यो सँगै भौतिक नगद वा क्यूआर कोड वा फोन–पे एपमार्फत मन्दिरमा दान गर्न सकिन्छ । सिटिजन्स बैंक परिवारसहित देवीघाट शाखाको यस सहयोगका लागि अधिकांश सहभागीहरूले सम्मान र प्रशंसा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित