शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सिटिजन्स बैंक इन्टरनेसनल र हिमालयन क्यापिटलबीच सम्झौता

दैनिक नेपाल २०८० जेठ २४ गते २१:४८

काठमाडौं, २४ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता भएको छ ।

बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

बैंकलेप्रति ऋणपत्र अंकित मूल्य एक हजार दरका जम्मा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।

सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट दीर्घकालिन लगानीकर्ताहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित