शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सामसङको स्मार्टफोन ग्यालेक्सी एफ-५४ नेपाली बजारमा, कति पर्छ मूल्य ?

दैनिक नेपाल २०८० जेठ २४ गते २१:१९

काठमाडौं, २४ जेठ । सामसङले उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन (5G) नेपाली बजारमा ल्याएको छ । मोबाइलमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ ।

६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको यो मोबाइलमा उपभोक्ताहरुले सहज रूपमा भिडियो हेर्न र स्क्रोल गर्नसक्छन् । ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरी यो मोबाइलमा उपलब्ध छ । यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् । यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न सकिन्छ ।

ग्यालेक्सी एम ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडी रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ ।

अक्टा–कोर एक्सिनोस १३८० चिप सेट जडित ग्यालेक्सी एफ ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५ वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पूरा दिन मोबाइल चल्नेछ ।

४ वर्षको जेनेरेसन सम्मओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टी सुरक्षा अपडेट पनि उपभोक्ताले पाउनेछन् । यसमा रहेको “भ्वाइस फोकस“ ले आसपासको आवाजहरूलाई कम गर्छ र भोइस वा भिडियो कलको बेला आवाजलाई स्पष्ट बनाउँछ । यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरूमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ ।

ग्यालेक्सी एफ ५४ २ सिल्भर र निलो कलरमा उपलब्ध छ । यसको ८ं२५६ जीबी भेरियन्टको मूल्य ५२,४९९ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित