
काठमाडौं, २३ जेठ । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा नौ सयले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया