२८ आश्विन २०८३, बुधबार

पाल्पाको सत्यवतीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २१ जेठ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवँरेछेडामा बालेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

आज आइतबार साँझ भएको दुर्घटनामा परी दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकहरूको पहिचान खुलिसकेको छैन ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।