
रौतहट, २१ जेठ । रौतहटमा जनमत पार्टीको भ्रातृ सङ्गठन स्वास्थ्यकर्मी जनमत संघ गठन गरिएको छ ।
आज आइतबार गौरस्थित नमस्ते गेष्टहाउसमा आयोजित स्वास्थ्यकर्मी जनमत संघको जिल्लास्तरीय भेलाबाट उदय सिंह कुशवाहको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षहरुमा रवि कुमार झा, मो. साह आलम, पूजा साह, शैलेन्द्र यादव र आइशा शिधकी चयन भएका छन् । यस्तै, महासचिवमा विवेक चौधरी, सचिवमा सुबोध झा, सहसचिवमा उपेन्द्र महतो र प्रशान्त पाण्डे तथा कोषाध्यक्षमा लक्ष्मण राय यादव चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा अनिल महतो, सञ्जिव साह, कृष्ण कुमार ठाकुर, सन्तोष गुप्ता, सागर कुमार महतो, गोपेश यादव, प्रवीण गुप्ता, ओसी अक्तर खान, सन्तोष कुमार गुप्ता, नितेश कुमार यादव, किश्नकन्त गुप्ता, गोलु गुप्ता, कुमारी पाबे, रामविश्वास यादव, शैलेन्द्र प्रसाद यादव, सञ्जिव यादव, सुरेन्द्र साह, रमेश कुमार मुखिया, श्याम पण्डित र श्याम किशोर यादव चयन भएका छन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अध्यक्षमा सम्पन्न भेलामा विभिन्न पार्टी परित्याग गरी खर्जनौँ नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई डा. राउतले आफ्नो पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका मन्त्री बसन्त कुशवाह, केन्द्रीय सदस्य डा. सुबन्त कुशवाह, पूर्व जिल्लासचिव विकास कुमार यादव, ब्रिज किशोर यादवलगायत नेताहरूको आतिथ्यता थियो ।













प्रतिक्रिया