
काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सावजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ४८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया