२८ आश्विन २०८३, बुधबार

सांसद सोविता गौतमले प्रचण्डका भाञ्जासँग कसिन् लगनगाँठो

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जासँग लगनगाँठो कसेकी छिन् ।

उनले हालै आफ्नो प्रेमी तथा प्रचण्डको भाञ्जा पर्ने गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।

चितवननिवासी घिमिरे माओवादीमै आवद्ध रहेको बताइएको छ । गौतम र घिमिरेबीच लामो समयदेखि प्रेमसम्बन्ध रहँदै आएको थियो ।

सुटुक्क विवाहबन्धनमा बाँधिएका उनीहरू हनिमुन मनाउन अहिले जापान गएका छन् । सोविता अच्चानक विवाहबन्धनमा बाँधिएको खबरले उनको पार्टीका नेताहरू र सर्वसाधारणहरू समेत अचम्ममा परेका छन् ।