
काठमाडौं, १९ जेठ । नेपाली बजारमा केही दिनदेखि निरन्तर सुनको मूल्य बढिरहेको छ ।
साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि हिजो पनि सुन ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार सुनको मूल्य तोलाको १५ सय रुपैयाँले बढेर एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।















प्रतिक्रिया