३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ ।

बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड राखेको छ । योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो बुधबार सुनको मूल्य तोलाको १५ सय रुपैयाँले बढेर एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।