
काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नीसहित छिमेकी देश भारत पुगेका छन् ।
उनी पत्नी निकिता पौडेलसहित भारतको मुम्बई पुगेको बताइएको छ ।
सभापति लामिछाने निजी कामले मुम्बई गएको रास्वपाले जनाएको छ ।
बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जम्बो टोलीसहित चार दिने भ्रमणमा दिल्ली पुगेका थिए ।











प्रतिक्रिया